समाज

अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन हुनुपर्छ: प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरू निलम्बित हुनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्बित हुने विद्यमान व्यवस्था कायम हुनुपर्ने बताएका हुन । उनले अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्ने बताए। 

उनले कर्मचारी निलम्बन भएन भने प्रमाण नष्ट गर्ने तथा काममा अवज्ञा गर्न सक्ने बताए । उनले निलम्बन नगरेमा सुशासन कायम हुनेमा प्रश्न उठ्ने बताए ।प्रमुख आयुक्त राईले नीतिगत निर्णयको सम्बन्धमा निक्र्यौल गर्न अख्तियारले बारम्बार प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइरहेको पनि बताए । 

प्रकाशित: ३१ श्रावण २०८१ १८:११ बिहीबार

#Commission for Investigation of Abuse of Authority #State Order and Good Governance Committee #Chief Commissioner Prem kumar Rai