समाज

चार लाख घुससहित समातिएका नापी सर्वेक्षकसहित ३ जनाविरुद्ध मुद्दा

नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल, सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए।

उनका अनुसार अनुसन्धानका क्रममा भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतीराम सुवेदी पनि संलग्न रहेको पाइएको छ।

घुस लिएको आरोपमा उनीहरूलाई कानुनी कारबाहीको लागि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८१ २०:४३ बुधबार