समाज

कान्तिलोकपथको टाकुर्चेमा पहिरो खस्दा एक जना मोटरसाइकल चालक घाइते

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ।

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ। 

बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन्।

प्रकाशित: २२ श्रावण २०८१ १२:३३ मंगलबार

#Kanti Lokpath