समाज

बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।

विभिन्न प्लेकार्डसहित दूतावास अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्। सो क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउनु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य हुनु पर्ने, हत्या लगायत घटनाको जबाफदेहिताको सुनिश्चित गर्न लगायतका माग छ। 

बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

प्रकाशित: १६ श्रावण २०८१ १२:४६ बुधबार

#protest #civil society #Bangladesh Embassy