समाज

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ।

रारा राष्ट्रिय निकुञ्जले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: २० असार २०८१ १७:२३ बिहीबार

#Rara Tal