समाज

कालिकोट हाउडीमा जिप दुर्घटना, ७ जना घाइते

कालिकोट जिल्लाको शुभकालिका ६ हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

सुर्खेतबाट हाउडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको जिप दैलेख हाउडी जोड्ने दबिरा सडक खण्डको हाउडी खोलानजिकै बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए।

थापाका अनुसार घाइते हुनेमा २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५-२६ वर्षीय दीपेन्द्र चौलागाईं रहेका छन्।

घाइतेलाई स्थानीय सुकाटिया स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल पठाइएको सुकाटिया स्वास्थ्य चौकीका अहेव खगेन्द्रप्रसाद चौलागाईंले बताए।

प्रकाशित: १० जेष्ठ २०८१ १३:५५ बिहीबार

Jeep accident seven injured District Police Office