समाज

सफाइ पाएपछि सन्दीपले भने: देशलाई अब अझै माथि पुर्‍याउँछु

क्रिकेटर सन्दीप लामिछानेले अब देशलाई अझै माथि पुर्‍याउने बताएका छन्।

बुधबार उच्च अदालत पाटनबाट सफाइपछि छोटो प्रतिक्रिया दिँदै उनले देशलाई आफूले अहिले पुर्‍याएको भन्दा अझै माथि पुर्‍याउने बताएका हुन्।

उनले पहिलो दिनदेखि नै मै आफू दोषी नरहेको बताउँदै आएको पनि बताए।

जिल्ला अदालतको फैसलालाई पनि आफूले सम्मान गरेको र अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्ने उनले बताए। 

बुधबार उच्च अदालतले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरेर सन्दीपलाई सफाइ दिएको हो।

प्रकाशित: २ जेष्ठ २०८१ १८:१५ बुधबार

#Sandeep Lamichhane