समाज

नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

कैलालीमा नुहाउने क्रम नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ

आइतबार दिउँसो १:३५ बजेको समयमा जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा स्थानीय दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रमुख पदमबहादुर बिष्टका अनुसार स्थानीय ७ वर्षीय अमिल खड्का र १३ वर्षीय दुर्गा साँउदको मृत्यु भएको हो।

उनका अनुसार दुवै जना नदीमा डुबेर गम्भीर घाइते भएका थिए। सो पश्चात् तत्कालै उपचारका लागि उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएकोमा उपचारकै क्रममा खड्काको मृत्यु भएको हो।

साँउदलाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकाे थियो।अस्पताल पुर्‍याए लगतै उनकाे मृत्यु भएको एसपी विष्टले जानकारी दिए।

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: ३० वैशाख २०८१ १६:५४ आइतबार