बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयपछि वर्षा हुँदा किसानहरु खुसी भएका छन्। लामाे समयसम्म वर्षा नहुँदा यहाँ खडेरी परेकाे थियाे। वर्षाभएपिछ यहाँका किसानलाई खेतीपाती गर्न सहज भएको हो।
‘वर्ष हिउँदेमा वर्षा नै भएन्। वर्षा नहुदाँ खेतमा गहुँलगायतका हिउँदेबाली सबै त्यस्तै सुक्याे। उत्पादन केही भएन्। उनले भने, ‘यो वर्ष सुरूमै पानी परेकाे छ। यो पानीले अब नयाँ बाली लगाउन राहत भएको छ। यो वर्षाले अब मकै छर्न मिल्ने भएकाे छ’, दोगडाकेदार गाउँपालिका–१ गाेरङका किसान विर बहादुर विष्टले भने।
यस्तै, वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए। उनले भने, ‘लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो।’
वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकमका किसान मानबहादुर कार्कीकाे भनाइ छ। मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन्। सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए। बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ।
वर्षापछि यहाँका वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ। डढेलोका कारण वायुप्रदूषण बढेको थियो। वर्षापछि प्रदूषण कम भएको छ। बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो।
प्रकाशित: २९ वैशाख २०८१ १७:४७ शनिबार