समाज

नदी किनारमा युवकको शव भेटियो

पाल्पामा एक युवा मृत फेला परेका छन्। रामपुर नगरपालिका ८, भुजातस्थित कालीगण्डकी नदी किनारमा एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शव स्याङजाको चापाकोट घर भएका ३० वर्षीय दुर्गाबहादुर थापाको रहेको प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार श्रेष्ठको मृत्यु पौडी खेल्ने क्रममा डुबेर वा अन्य कुनै कारणले भएको हो अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १५:३८ शुक्रबार

A young man dead banks of the Kaligandaki river District Police Office Palpa