समाज

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १०:२२ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टिम पूर्वकप्तान लेग स्पिनर सन्दीप लामिछाने बलात्कार सम्बन्धी मुद्दा उच्च अदालत पाटन