समाज

तीन महिनाको कार्ययोजना बनाएर काम गर्न सिडिओलाई गृहको निर्देशन

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एक निर्देशन जारी गर्दै जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर कार्यान्वय गर्न निर्देशन दिएका हुन्।

लामिछानेले सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण गर्न पनि निर्देशन दिएका छन्। राजस्व चुहावट नियन्त्रण गर्न, प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयको प्रभावकारी व्यवस्थापन र सूचना प्रविधिको प्रयोग गर्न पनि निर्देशन दिइएको छ।  

यस्तो छ निर्देशन:  

 

प्रकाशित: ८ चैत्र २०८० १५:०६ बिहीबार

गृह मन्त्रालय