समाज

बर्गरवाली विमला

काठमाडौंको धूम्बाराहीस्थित ‘द बर्गर हाउस’ले उपभोक्ताका निम्ति मिठा परिकार मात्र बेच्दैन, बरु सुनाउँछ एक उद्यमीको सफलताको कथा।

वैदेशिक रोजगारीको सिलसिलामा सन् २००८ मा दक्षिण कोरिया पुगेर फर्केकी ३६ वर्षीया विमला लामाले अहिले २२ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेकी छन्।

नुवाकोटको मध्यम वर्गीय परिवारमा दोस्रो सन्तानका रूपमा जन्मिएकी विमलाले आफ्नै प्रयासबाट जीवनलाई सुन्दर बनाएकी छन्। दस वर्षे कोरिया प्रवासमा रहँदा परिवार र देशलाई केन्द्रमा राखेकी थिइन्।

देश फर्केपछिको उनको पहल हो– द बर्गर हाउस। विमलाले व्यवसाय थालेको पाँच वर्ष पुगेको छ। विमलाका अनुसार व्यवसायमा एक करोड पाँच लाख रूपैयाँभन्दा बढी लगानी भएको छ। दुई सन्तानकी यी आमाले आगामी दिनमा धेरै व्यक्तिलाई रोजगारी दिने योजना भएको बताइन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला 

प्रकाशित: २५ फाल्गुन २०८० ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App