समाज

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने समिप मेटाको ह्वाइट ह्याटको पहिलो स्थानमा

सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्याल पहिलो नम्बरमा परेका छन्।

फेसबुकको मातृ संस्था मेटाले समीपलाई आफ्नो साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको हो। यसबारे समिपले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन्।

एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रवार मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो स्थानमा राखेको समीपले बताए।

यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए।

यस्तै नेपालकै विस्तृत दाहाल ७ औँ स्थानमा परेका छन् भने सन्त बहादुर घर्तीमगर ९ औँ स्थामा परेका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० ०८:१६ आइतबार

सामाजिक सञ्जाल फेसबुक सुरक्षा कमजोरी नेपाल समिप अर्याल