समाज

सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुनाबाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ।

अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुनाबाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन्।

सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ।

सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन्। सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन दर्ता गराएका हुन्।

काठमाडौं जिल्ला अदाललते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो। 

प्रकाशित: १० फाल्गुन २०८० १७:२९ बिहीबार

सन्दीप लामिछाने