कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीबाट दुई दिन देखि सम्पर्कविहीन भएका शिक्षक बिमल आचार्य दाङमा मृत अवस्थामा फेला परेका छन्।
कपिलवस्तु नगरपालिका वडा नम्बर-६ शिवपुरा निवासी आचार्यको शव दाङको गढवा गाउँपालिकाको वडा नम्बर-२ झरौनि खोलामा भेटिएको हो।
ओदारी माविमा अध्यापन गराउँदै आएका थिए। गत फागुन २ गते १२ बजेतिर उनी सम्पर्कविहीन भएका थिए।
शिक्षक आचार्यको मोटरसाइकल बिहीबार देखि नै बाटोको छेउमै थियो। मोटरसाइकल देखेपछि प्रहरीले खोजतलास गर्दा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक नविना वलिले बताइन।
मृतक आचार्यको साथमा रहेको मोबाइलबाट पत्ता लगाई आफन्तलाई खबर गरिएको उनले बताइन। शव पोष्टमार्टम पछि जिम्मा लगाइने उनले बताइन।
शिक्षक आचार्यको श्रीमती र दुई छोराहरू छन्। उनी आदोरी माविको निमावि राहत शिक्षक थिए।
प्रकाशित: ४ फाल्गुन २०८० २२:०९ शुक्रबार