समाज

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ। कोशी  प्रदेश  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८० फाल्गुन ०१ गते (मङ्गलवार)

दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन ०२ गते (बुधवार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २९ माघ २०८० ०६:१४ सोमबार

मौसम बदली जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा पश्चिमी वायु पहाडी भू–भाग मौसम कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश हिमपात हिमाली भू–भाग