समाज

विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्तीका क्रममा बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुईरदुई तथा सुनसरी र काठमाडौंबाट एक।एक जनालाई नियन्त्रणमा लिइएको हो।  

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने ट्रामाडोल र स्पास्मो बरामद गरेको जनाएको छ।  

प्रकाशित: १३ असार २०८३ १७:५१ शनिबार