समाज

टुटलका संस्थापक सञ्चालक भट्ट पक्राउ

राइड सेयरिङ संस्था टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन्। शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।  

प्रतिलिपी अधिकार उल्लघंन तथा अपराधिक विश्वासघात गरेको आरोपमा उनलनाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ। 

नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो।

प्रकाशित: २० पुस २०८० ०७:३७ शुक्रबार

टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट