समाज

युवाहरुले पहिला सार्वजनिक गाडी फोडे अनि मन्त्रीको गाडी जलाए

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि युवाहरुले आगजनी गरेका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार युवाहरुले मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर आगजनी गरेका थिए। प्रदर्शनमा उत्रेका युवाहरूलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले पहिला सार्वजनिक बस तोडफोड गरेका थिए। त्यसपछि उनीहरुले मन्त्री ज्वालाको गाडी जलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

प्रकाशित: १३ पुस २०८० ०७:४९ शुक्रबार

मन्त्रीको गाडी जलाए भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला