समाज

आज देशभरका अधिकांश भू-भागमा आंशिक बदली, पानी र हिमपातको छैन सम्भावना

आज देशभरका अधिकांश भू भागको मौसम आंशिक बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको तथा तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २ दिन हिमपात र वर्षाको सम्भावना नरहेको भन्दै निरन्तर तापक्रम घट्दै जाने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।  

प्रकाशित: २ पुस २०८० ०२:३६ सोमबार

मौसम आंशिक बदली रहने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव