समाज

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई आज

सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ। आज बस्ने सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा दुई जना न्यायाधीशहरूको  सुनुवाई हुन लागेको हो।

बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ। यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ।

प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ। 

प्रकाशित: १ पुस २०८० ०४:०४ आइतबार

सर्वोच्च अदालत प्रस्तावित दुई जना न्यायाधीश सुनुवाई सङ्घीय संसद् संसदीय सुनुवाइ समिति