समाज

बिहानैदेखि तराईका जिल्लामा कुहिरो, यी प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुँदा बिहानैदेखि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने भन्दै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशभरिको तापक्रम निरन्तर घट्दै गएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।  

प्रकाशित: २५ मंसिर २०८० ०१:०९ सोमबार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा तीन प्रदेशमा हिमपात हुने तीन प्रदेशमा हिमपात हुने नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव तराईका केही स्थानहरूमा हुस्सु