समाज

बुढानीलकण्ठमा भोलि बिदा

बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाण्डौं उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्।

बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बुढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ।

प्रकाशित: ६ मंसिर २०८० १३:२६ बुधबार

काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिका