समाज

महासंघद्वारा पीडितलाई राहत

भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका जनतालाई नेपाल उद्योग वाणिज्य महासंघले राहत सामग्री प्रदान गरेको छ।

महासंघले करिब २२ लाख रूपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको जनाएको छ। महासंघद्वारा कर्णाली च्याप्टरमार्फत कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो। त्यसपछि कर्णाली च्याप्टरमार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो। महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपत् व्यवस्थापन समितिमार्फत कात्तिक २२ गते तेस्रो चरणमा राहत सामग्री हस्तान्तरण गरेको हो।

महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामग्री प्रभावित क्षेत्रमा पठाएको छ। विभिन्न संघसंस्थामार्फत संकलित राहत सामग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण गरेको जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०१:४५ बिहीबार

‘आर्थिक संकट गहिरिएको भन्दै निजी क्षेत्र चिन्तित ररर आर्थिक सुधार आयोग गठन गर्ने प्रधानमन्त्रीको घोषणा काठमाडौं– मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय आर्थिक सुधार संयन्त्र गठन गर्न माग गरिर