समाज

रास्वपा सांसद डा.कार्कीसहितको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्। 

उनले हाडजोर्नी विशेषज्ञ, एनेस्थेसियोलोजिष्ट, जनरल फिजिसियन, मेडिकल अफिसरसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुसहित नेपालगन्ज हुँदै सुर्खेत जाने र केहि डाक्टरहरु भेरीबाट जोडिने बताएकी छन्। 

आफ्नो सामाजिक सञ्जालमा राहतसामानसहित विशेषज्ञको समूह जाजरकोट जाँन लागेको र केहि डाक्टरहरु सडक यातायातमार्फत् मेडिकल सामग्रीसहित जाने जानकारी दिएकी छन्। 

आकष्मिक अपरेसन र उपचार गर्ने तयारीका साथ राहत व्यवस्थापनको लागि पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ। टोलीमा डा.डबलसिंह धामी, डा.रमेश मल्ल, डा.देवेन्द्र आचार्य, डा. श्याम विक लगायतका स्वास्थ्यकर्मी रहेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० १०:०३ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी डा.तोसिमा कार्की भूकम्प प्रभावित उपचार कर्णाली जाजरकोट