समाज

तस्बिरमा गुटेरेसको नेपाल भ्रमण

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्केका छन्।  

शनिवार राति काठमाडौँ आएका महासचिव गुटेरेसले नेपाल भ्रमणको क्रममा सोलुखुम्बु, पोखरा, लुम्बिनी, अन्नपूर्ण आधार शिविर लगायतका स्थानमा पुगेका थिए। उनले विशेषगरी नेपालमा जलवायु परिवर्तनले पारेको असर र शान्ति प्रक्रियाको विषयमा चासो राखेर भ्रमणलाई केन्द्रित गरेका थिए।

४ दिनको बसाईको क्रममा उनले राष्ट्रपतिदेखि उच्चपदस्थ व्यक्तित्वहरूसँग पनि भेटवार्ता गरेका थिए।  

तस्बिरमा हेर्नुहोस् महासचिव गुटेरेसको नेपाल भ्रमणः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुटेरेसलाई स्वागत गर्दै परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्री दाहालले आयोजना गरेको रात्रीभोजमा महासचिव गुटेरेस
महासचिव गुटेरेस सोलुखुम्बुमा 
महासचिव गुटेरेस पोखरामा
अन्नपूर्ण आधार शिविरमा महासचिव गुटेरेस
लुम्बिनीमा महासचिव गुटेरेस
संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेस
भ्रमण सकाएर बिदाई हुँदै महासचिव गुटेरेस

प्रकाशित: १५ कार्तिक २०८० ०७:३२ बुधबार

संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस भ्रमण