समाज

असोज २७ मा दुर्घटना भएको मनाङ एअरका पाइलटको उपचारका क्रममा निधन

फाइल तस्बिर

मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । 

गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा आज सोही अस्पतालमा उनको  निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए।

काठमाडाँमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । 

मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

प्रकाशित: ८ कार्तिक २०८० ०८:२० बुधबार

असोज २७ दुर्घटना भएको मनाङ एअरका पाइलटको उपचारका क्रममा निधन