समाज

हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता

खोलाले बगाउँदा हुम्लामा एक जना बेपत्ता भएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका हुन्।

घर नजिकै रहेको खोला तर्ने क्रममा अन्दाजी ४४ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए। बुधबार राति देखिको अविरल वर्षाले स्थानीयहरुको घर खेत र बारीमा समेत क्षति पुगेको छ।

प्रकाशित: ४ आश्विन २०८० ०९:११ बिहीबार