समाज

१३ वटा ओभरलोड टिप्पर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ओभरलोड गरिएका १३ वटा टिप्पर नियन्त्रणमा लिएको छ।

शनिबार साँझ करिब ६:१० बजे प्रहरी टोलीले नियमित गस्तीका क्रममा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी क्षेत्रमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेका टिप्परहरूलाई रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा ती टिप्परहरूमा चुनढुंगा ओभरलोड भएको तथा आवश्यक कागजात (विल) समेत नभेटिएपछि प्रहरीले सबै सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका टिप्पररहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा परेका टिप्परहरूमा म.प्र.०३-००१ क २५९५, म.प्र.०३-००१ क २५८१, बा.प्र.०३-००१ ख १२७३, बा.प्र.०३-००१ ख १२७२, ना ८ ख ४३८२, म.प्र.०३-००१ क २५९१, म.प्र.०३-००१ क २५८३, बा.प्र.०३-००१ ख १२७०, ना ८ ख ५०२९, ना १ क ८७०१, ना १ क ८६९८, ना १ क ८६९६ र बा.प्र.०३-००१ ख ४६६२ रहेका छन्।

प्रकाशित: १३ वैशाख २०८३ ०८:५३ आइतबार