समाज

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौंको  नक्सालस्थीत नारायण चौरमा एमालेले आज विहान संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो।

कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग दलका अन्य नेता, कार्यकर्ता र सर्वसाधारणले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन।  कार्यक्रममा सहभागी भइ  फोटो खिचाउने युवायुवतीको भिड थियो।

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ। साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरूलाई ब्याकराउण्ड पारेका मोबाईलमा फोटो खिच्नेहरुकाे भिड रहेको छ।  

प्रकाशित: ३ आश्विन २०८० ०३:३० बुधबार

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको चुच्चे नक्सा संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम