समाज

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो।

वि.सं. २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ। नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। रासस

प्रकाशित: २ आश्विन २०८० ०५:३६ मंगलबार

जिल्ला प्रशासन कार्यालय धनकुटा नगरपालिका धनकुटा भवन निर्माण