समाज

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ

उत्तरी रसुवामा अवैधरूपमा सुन आयात गर्दै गरेकाे अवस्थामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन्।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए। सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित: १७ भाद्र २०८० ०२:१५ आइतबार

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ एक केजी सुनसहित महिला पक्राउ