समाज

बबई नदीमा दाउरा समात्न जाँदा दुई जना बेपत्ता

फाइल।

बबई नदीमा बर्दियाका दुई जना बेपत्ता भएका छन्। बबई नदीमा दाउरा समात्न गएका दुई जना आइतबार बेपत्ता भएका हुन्।

गुलरिया नगरपालिका–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु र गुलरिया नगरपालिका–८ थपुवाका २२ वर्षीय अक्षय चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजतलासको लागि परिचालन भएको डिएसपी बोहराले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०८० ११:३३ आइतबार