समाज

बालेन शाहले पाए पिएचडीका लागि फेलोसिप

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं विश्वविद्यालयबाट पिएचडीका लागि फेलोसिप पाएका छन्।

शनिबार सामाजिक सञ्जाल माफ्त उनले सो जानकारी दिएका हुन्। उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन्।

प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।

प्रकाशित: २० श्रावण २०८० १४:१६ शनिबार