समाज

एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न आदेश

नाबालिगलाई प्रवेश गराएको आरोप लागेका एलओडीका दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको हो।

एलओडीमा गएकी बालिका बलात्कार भएको आरोपमा काठमाडौं प्रहरीले अनुसन्धान लागि क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पनि पक्राउ गरेको थियो। उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रकाशित: १० श्रावण २०८० १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App