भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा सोही स्थानमा बस्ने रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले काठको निरालमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। भुण्डिएर आत्महत्या गरिराखेको अवस्थामा निजको बुबा अभिषेक थामीले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
हाल शव घटनास्थलमा रहेको परिसरका एसपी प्रजित केसीले बताए। घटनास्थलमा शव जाच मुचुल्काको लागी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सीको कमाण्डमा ७ जनाको टोली गएको उनले बताए। घटनास्थल परिसर भक्तपुरबाट ८ कि.मि. उत्तर पूर्व पर्दछ।
प्रकाशित: ९ श्रावण २०८० ०५:१७ मंगलबार