समाज

यी हुन् दुर्घटनाग्रस्त मनाङ्ग हेलिकप्टरमा सवार मेक्सिकन नागरिक (नामावलीसहित)

फाइल तस्बिर

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा दुर्घटनाग्रस्तमा फेला परेको मनाङ्ग एयरको हेलिकप्टरमा सवार पाँच मेक्सिकन नागरिकको परिचय खुलेको छ।

उक्त हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए भने हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार थिए।  

उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार ५ जनाको शव भेटिएको छ। अर्का एक जनाको खोजी कार्य जारी छ। शव भेटिएकोहरूको पहिचान हुन बाँकी छ।

सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका  चालक तथा यात्रुको सूचीः

प्रकाशित: २६ असार २०८० ०७:४१ मंगलबार

मनाङ्ग हेलिकप्टर