समाज

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बु- सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

पाइलट राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जनाए।

उनको लुक्ला स्थतीत स्थानीय अस्पतालमा उपचार भइरहेको थियो।

शनिबार दिउँसो अबतरण गर्ने क्रममा बिमान दुर्घटनामा परेको थियो। दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावनमार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएको थियो।

९ एन ए के वाइ कल साइन भएको विमान दुर्घटनामा परेको हो। को पाइलट सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन पनि गम्भिर घाइते छन्। लुक्लामै रहेको पासाङल्हमु निकोल निकि अस्पतालमा उनीहरुको उपचार हुँदै छ।

प्रकाशित: १३ जेष्ठ २०७४ ११:०८ शनिबार

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन