समाज

दार्चुला हिमपहिरो: ७ जना सम्पर्कमा,५ जना अझै बेपत्ता

फाइल तस्बिर

दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा ५ जना अझै बेपत्ता छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ४ जना महिला र १ जना पुरूष अझै बेपत्ता रहेका छन्।  

हिमपहिरोमा फसेका ७ जना भने सम्पर्कमा आएको उनले बताइन्।

मंगलबार दिउँसो गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन्।

प्रकाशित: १९ वैशाख २०८० १३:४० मंगलबार

दार्चुला हिमपहिरो