समाज

आज तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने जानकारी दिएको छ।  

दिउँसाे भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: २७ चैत्र २०७९ ०१:११ सोमबार