सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ।
बिहीबार दिउसो पर्सा गाउँपालिका वडा नम्बर ३ धनकौलटोल स्थित ग्रामीण सडकमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको हो।
ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल तीव्र गतिमा गुडिरहेको कारण सडक पेटिको मोडमा चालकले सन्तुलन गुमाएपछि दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाएका दुबै जनाको सनाखत हुन नसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेस राज सुबेदीले बताएका छन्। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ चैत्र २०७९ ११:३७ बिहीबार