समाज

मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न गृह सचिवकाे आग्रह

गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन्।

काठमाडौको टंगाल विहानै देखि धर्नामा बसेका उनीहरुलाई धर्नास्थल मै गएर गृहससिचव  सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन्।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए।

गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए। गृहसचिवले आफूहरुसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताए।

प्रकाशित: १४ चैत्र २०७९ ०४:४६ मंगलबार