मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । शनिबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुनेछ ।
मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड देखिएको छ । चैती छठका लागि वीरगन्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर सृंगारिएको छ। चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।
कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ। यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।
विगत ८ वर्ष देखी छठ ब्रत बस्दै आएकी वीरन्ज माइस्थानकी किरण देवीका अनुसार छठी माइयीको ब्रत बस्दा हरेक मनोकांक्षा पुरा हुने विश्वासले चैती छठको ब्रत पनि बस्दै आएको छु। उनले सासु आमाको बिडो थाम्दै छठ ब्रत बस्न थालेकी हुन।
चैत्र महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भन्छन भने मैथलीमा ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्ने गर्दछन। भोजनमा लसुन, प्याज,वर्जित हुन्छ। भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुने गरेको वीरगंज बहुअरीकी ब्रतालु रम्भा देवीले बताइन। उनका अनुसार अन्य ब्रतहरुमा एक वा दुइ छाकि उपवास गर्दा मात्र ब्रत सफल हुने भएपनि कुनै कुनै ब्रतहरु निर्जला पानी सम्म नखाइ फलाहारी पनि हुने गर्दछन तर छठ ब्रतमा रसियाव–रोटीको प्रसाद खाइ २ दिन निराहार निर्जला ब्रत बसिन्छ।
कार्तिक महिनाको छठ झै चैत मासमा मनाइने छठ पर्वको पनि विधान रहेको छ। दुवै छठ शुक्ल पक्षको चतुर्थी तिथि देखी नै सुरु हुन्छ। चतुर्थी तिथिमा नुहाइ खाइ पञ्चमीको दिन दिउंसो भरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आपको काठको दाउरा बालेर चाखो चामलमा गुड सख्खर हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ। यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन। परिवारका सदस्य पनि प्रसादका रुपमा खाने गर्छन।
छठ पूजाको विशेषता उदाउदो सूर्यलाइ मात्र अघ्र्यदान न दिइ अस्ताउदो सूर्यलाइ समेत अघ्र्यदान दिनु पनि हो। छठ कसको पूजा हो भने तिर विचार गर्दा संस्कृतिविद् उमा शंकर द्विवेदीका भनाइ अनुसार यो विशुद्ध प्रकृती र पुरुषको पूजा हो। “झट्ट हेर्दा छठ सूर्यको पूजा झैं देखिए पनि वास्तवमा छठपूजा मुलप्रकृतिको छठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो जसलाइ पुराणहरुमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रुपमा उल्लेख गरिएको छ ,‘उनले भने ,‘ शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः। मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः।( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं)। षष्ठी देवी को हुन त भन्दा सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः। पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु।। आफ्ना भक्तहरुलाइ प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरुमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाइ बारम्बार नमस्कार छ। षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाटसंतान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन। माता षष्ठी देवीको कृपा बाट गुणी , विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ। –सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते। वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम्। सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः। यस सालको छठीमाताको पूजनोत्सवको पुण्य अवसरमा हामी पनि छठीमातासित प्रार्थना गरौं –कल्याणं च सुमति देहि षष्ठीदेव्यै नमो नमः।”
शारदीय छठको समयमा किसान परिवारहरुलाइ कुनै पनि कृषि कर्म गर्ने चटारो हुदैन। धान बाली खेतमा लागेका हुन्छन। गर्मी मौसम बितेर जाडोको नवआगमन भइरहेको हुन्छ। दशंै, तिहारको उत्सवमय चाड–पर्वहरु तत्कालै समाप्त भएका हुन्छन। हुन त शारदीय छठ पनि उत्सवमय वातावरणमा मनाइने भएको भए पनि छठीमाताको व्रत तपश्चर्याको रूपमा नै हुने गरेको संस्कृतिविद् द्विवेदीले बताए। वासन्तिक छठको समयमा मौषमले उष्ण रूप लिइरहेको हुन्छ तथा किसानहरुलाइ रब्बी बाली भित्र्याउने ठूलो चटारो परिरहेको हुन्छ। संस्कृतिविद् द्विवेदीले भने “चैति छठ सुख्खा मौषममा भएपनि श्रद्धालुहरु आप्mनो मनोकांक्षा पूर्ण हुने भाकल गरेकाले छठ पर्वलाइ कठनि तपश्चर्याको रूपमा मनाउने गरेको गर्दछन।”
छठ पुजामा नदि पोखरीलाइ सजाइएको घाटमा बनाइएको निराकार ‘सिरसोप्ता’ माताको पुजा आजा गरिन्छ। घाटमा पूजा गरेर घर फर्किएपछि भाकल पुगेकाहरु रात्रिमा आआफ्नो घरको आड्डनमा कोसी भर्ने गरेका पाइन्छन।
कोसीमा सात वा नौवटा उंखु टुप्पातिर बाट एकै ठाएमा बांधेर जरालाइ सात वा नौ ठा“उमा समान संख्यामा माटाको ढकनामा ठेकुवा, अदुवा, केला, पानीमा फुलाएको मटर, मुला,कागति, अरिपन तथा माटाको दियो बालेर राखिन्छ। कोशीको बिच्चमा हातिको आकारमा तयार परिएको माटाको कलशमा पनि सोहि सामानहरु राखिन्छ। उंखुको टुप्पा बा“धिएको ठा“उमा पनि तिनै सामग्रीहरु बा“धेर चंदोवा झुण्ड्याइन्छ। कोसीको वरिपरि बसेर ब्रतालू महिलाका साथै घरका अन्य महिलाहरु पनि छठीमाताका विभिन्न गीतहरु गाउदछन। रात्रिको तेश्रो प्रहर मै ब्रतालूले नित्यक्रियाबाट निबृत भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन। विहानको समयमा सिरसोप्ता माताको पुनः पूजा हुन्छ , छठी माताका गीतहरु गाइन्छन। त्यसपछि सूर्योदय हुनु भन्दा केहि प्रहर अगावै सम्पूर्ण ब्रतालूहरु नदी वा पोखरी को पानीमा उदाउदो सूर्यलाइ विहानको अघ्र्य दिनको लागि लहरै उभिन्छन। यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाइ, इनार वा धारालाइ ढोगी, पुजी घरमा आइ छोरा बुहारी तथा नाती नातिनीहरुलाइ छठीमाताको प्रसादस्वरुप टीका लगाइ दिइ छठपूजाको उद्यापन भएर समाप्त हुन्छ।
चैती छठ कातिक मासमा मनाइने छठ झै तड्क–भड्क हुदैन। छठीमाता प्रति आस्थावान गृहस्थहरुले भाकल अनुसार व्रत–पूजन गर्दछन नै तर चैति छठ पूजामा भने व्रतालूहरुको संख्या न्यू नै रहेको पाइन्छ।
प्रकाशित: १३ चैत्र २०७९ ०४:१५ सोमबार