समाज

कपिलवस्तुमा फेला पर्यो नक्कली नोट

कपिलवस्तुको तौलिहवा स्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ।

बुधवार बैकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो। बैकका मेनेजर शंकर घिमिरेले बैकका एक ग्राहकले पैसा जम्मा गर्नेक्रममा नोटको गड्डीबाट सो नक्कली नोट फेला परेको बताए।

पैसा जम्मा गर्ने क्रममा नोट गन्ने डिटेक्टर मेशीनले सो नोट नक्कली रहेको देखाएको थियो। बैकले पैसा जम्मा गर्न आउने ग्राहकको नाम भने गोप्य राखेको छ। फेला परेको नक्कली नोट भने बैकले जफत गरेका छ। सो नोटको सट्टा बैकले ग्राहकसंग अर्को नोट मागेर जम्मा गरेको थियो। बैकका मेनेजर घिमिरेले नक्कली नोट देखि सवधानी अपनाउन आग्रह गरेका छन।  

प्रकाशित: १ चैत्र २०७९ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App