समाज

सिन्धुलीको फिक्कलमा गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

आज विहान ओखलढुङगाबाट काठमाण्डौतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घट्ना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ। यस अघि फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोकिदा पाँच जनाको घट्नास्थलमै ज्यान गएको थियो।  बसको ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालको अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ । एक जनाको सनाखत हुन बाँकी रहेको छ। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०८:०४ आइतबार