समाज

नागरिककर्मी सुवेदी पुरस्कृत

झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट नागरिककर्मी विनोद सुवेदी पुरस्कृत भएका छन्।

नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको सरस्वती माविमा आयोजित कार्यक्रममा झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो।  

वरिष्ठ पत्रकार शंकर लुइँटेलले आमा झीलकुमारी लुइँटेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारका राशि ११ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा कोसी प्रदेशका प्रदेशसभा सदस्य अमृत अर्याल, नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषका संरक्षक छत्रपति लुइँटेल, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले नगद तथा सम्मानपत्रले सम्मानित गरे।

कार्यक्रममा विद्यालयका ३ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। सरस्वती माविका कक्षा १० मा अध्ययनरत  सागर खतिवडालाई ५ हजार कक्षा १० कै सरोज सरदारलाई ३ हजार  र  कक्षा ८ की अस्मिता मुडियारीलाई ३ हजार रुपैयाँ राशिको छात्रवृत्ति प्रदान गरियो।  

प्रकाशित: २१ फाल्गुन २०७९ १३:५३ आइतबार

झीलकुमारी स्मृति पत्रकारिता पुरस्कार