समाज

मलाई राजीनामा दिन लगाउन खोजिँदैछ: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।

शनिबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन्।

उनले लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ, यो देश कहिले पनि बन्दैन’

यद्यपि उनले कसले र किन उनलाई राजीनामा दिन लगाउन खोज्दै छन् भन्ने कुरा खुलाएका छैनन्।

प्रकाशित: १३ फाल्गुन २०७९ ०९:२७ शनिबार

काठमाडौँ महानगरपालिकका मेयर बालेन शाह