झापामा कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुइजना पक्राउ परेका छन्। नेपाल भारत सिमानाको मेची पुलबाट उनीहरु पक्राउ परेका हुन्। शंका लागी प्रहरीले चेकजाँच गर्दा अण्डा खाली गरी प्लास्टिकमा पोको पारेको अवस्थामा खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ बस्ने ऐतराज इवा र प्रकाश खाति रहेको प्रहरीले जनाएको छ। बिहिवार अपरान्ह नेपाल प्रहरी र लागुपदार्थ नियन्त्रण ब्युरोको संयुक्त टोलीले हातमा बोकिराखेको अण्डाको क्यारेटमा लुकाइराखेको लागुपदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो। पछिल्लो समय झापामा लागुपदार्थ ओसारपसारमा दैनिकजसो मानिसहरू पक्राउ परिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९ ०३:५६ शुक्रबार