समाज

प्रदेश नं १ को उच्च पहाडी र हिमाली भू-भाग हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले देशका केही भागमा आज हिमपातको सम्भावना रहेको छ।

अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसै गरी राति देशको  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित: ५ फाल्गुन २०७९ ०१:३८ शुक्रबार